सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर आगलागी घटनाका पीडित परिवारलाई राहत सहयोगका लागि १० लाख रुपियाँ दिने निर्णय गरेको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भई आगलागी भएको अस्पतालले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको फोन आएको दाबी गरे पनि चीनले अमेरिकासँग व्यापारका विषयमा कुनै वार्ता नभएको शनिबार बताएकोे छ ।
निस्दी गाउँपालिका–२, सुकेकोटका बेनीसरा राना २०७२ वैशाख १२ गतेको दिन सम्झिँदा अझै पनि झस्किनुहुन्छ । त्यस दिन खाना खाएर घरबाट निस्किनु भएका उहाँ जब आँगनमा पुग्नु भएको थियो, आँखै अगाडि घर भत्कियो ।
भारत कश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।
गुल्मीमा चैते धान रोप्ने क्षेत्रफल प्रत्येक वर्ष घट्दै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्कअनुसार प्रत्येक वर्ष चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको पाइएको हो ।
श्रीमानको किरिया कर्मकै अवस्थामा रहेकी भगवती शर्माको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतीपुरका नारायण आचार्यको निधन भएको ६ दिनपछि श्रीमती भगवती शर्मा किरिया बसेकै अवस्थामा शनिबार बिहान निधन भएको हो ।
साँफेबगर नगरपालिका–३ को हाटबजारमा शनिबार बिहान भएको आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षण थालिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताउनुभएको छ ।
रुस र युक्रेनबिच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिनुभएको छ ।
मुस्ताङका तीन स्थानीय तहमा आयोजित पाँच दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट साढे आठ सय जना सर्वसाधारण लाभान्वित भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ कांग्रेसका पूर्वसभापति तीर्थराम डङ्गोलको निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबिच शनिबार भेटवार्ता भएको छ । प्रदेश प्रमुखको निवासमा पुगेर मुख्यमन्त्री शाहले भेट गर्नुभएको हो ।
तनहुँको बन्दीपुर गाउँपालिकाले आइतबारबाट अनिवार्य पढाई सूचारु गर्न सूचित गरेको छ । शिक्षकहरूको दबाबमूलक आन्दोलनले गर्दा प्रभावित बनेको पठनपाठन प्रक्रिया सुरु गर्न सूचित गरेको हो ।