हरेक वर्ष सीता विवाहपञ्चमी तिथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष पनि मङ्सिरमा धुमधामसाथ गरिने भएको छ ।
अर्जुनचौपारी गाउँपालिका– ३ ले टोल–टोलमै पुगेर स्थानीयलाई सेवा प्रवाह गरेको छ । वडाले ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरी सेवाग्राहीको घरदैलोमै सरकारी सेवा उपलब्ध गराएको हो ।
नेपाल भाषा केन्द्रीय विभागले बुधबार ‘नेपाल भाषा जर्नल’ सार्वजनिक गर्नुका साथै विभिन्न पुरस्कार प्रदान गरेको छ । भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशी, निवर्तमान प्रमुख प्राडा ओमकारेश्वर श्रेष्ठ र पाटन कलेजका प्रमुख डा. रघुवीर विष्टले सामूहिक रूपमा अनुसन्धानमूलक लेखरचनाको सङ्ग्रह ‘नेपाल भाषा जर्नल’ विमोचन गर्नुभयो ।
गरिब र विपन्न परिवारले घर खर्च जुटाउन दैनिक रुपमा काम गर्नुपर्ने बाध्यता छ । विशेषगरी ग्रामीण भेगका यी परिवारहरुले आफ्नो घरको खर्चको जोहो गर्न दैनिक रुपमा विभिन्न किसिमका परिश्रम गर्दै आउने गरेका छन् ।
धनगडीमाई नगरपालिका–१४ उत्तरी भेगमा पर्ने अम्बासका महिला समूहले अर्गानिक तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । दलित जनकल्याण युवा क्लब लहानले एक्सनएडको सहयोगमा बनाएका चार समूहका सय जना महिला तरकारी खेतीमा लागेका छन् ।
सप्तरीसँग जोडिएको नेपाल–भारतसीमाबाट अधिकांश सीमास्तम्भ हराएको छ । जिल्लाअन्तर्गत रहेको ७८ किलोमिटर सिमामा रहेको ६४९ सीमास्तम्भमध्ये ४७९ वटा सीमास्तम्भ हराएको हो ।
वैदेशिक रोजगार बोर्डबाट वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले स्वास्थ्य उपचारबापत प्राप्त गर्ने आर्थिक सहयोग लिनेको सङ्ख्या बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आव २०८२/८३ मा आर्थिक सहायता लिने श्रमिकका परिवारको सङ्ख्या बढेको हो ।
अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ सञ्चालन हुने भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकमा गोल्ड कप तथा मेला सञ्चालन हुने भएको हो ।
फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका १७ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि म्याग्दी जिल्लामा ८२ स्थानमा ११९ मतदान केन्द्र सिफारिस गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कले ५० रुपियाँ दरका ४२ करोड थान नोट छाप्ने भएको छ । राष्ट्र बैङ्कले नोट छाप्नका लागि चिनियाँ कम्पनी ‘चाइना बैङ्क नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ ।
बागमती प्रदेशका १० जिल्लामा विपत्का कारण धानबालीमा ठुलो क्षति पुगेको छ । असोज १८ देखि २० गतेसम्मको अविरल वर्षा र ‘मोन्था चक्रवात’ को प्रभावले धान खेतीमा व्यापक असर पु¥याएको हो ।
नेपाल राष्ट्र बैंकले शुसक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपियाँ ५७ पैसा र बिक्रीदर १४२ रूपियाँ १७ पैसा निर्धारण गरिएको छ ।
हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत भदौ २३ र २४ गतेको आन्दोलनपछि कायम राजनीतिक अस्थिरताको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रले भोग्नुपर्ने देखिएको छ । अस्थिरताले मुलुकको अर्थतन्त्रको वृद्धिदरमै सुस्तता ल्याउने प्रक्षेपण गरिएको छ ।