गए राति आएको हावाहुरीका कारण नेपालगन्ज क्षेत्रका धेरै स्थानहरूमा विद्युत् वितरण तथा प्रसारण लाइनको पोलहरू र तारमा क्षति भएका कारण नेपालगन्जको विद्युत् सेवा अवरुद्ध भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरीमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् भने राजमार्ग अवरुद्ध पारेका छन् ।
बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयहरूले हरेक वर्षको वर्षायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको छ । हरेक वर्षको बाढीले स्थानीयको जग्गा कटान गरी बगरमा परिणत गर्ने र डुबाउने उनीहरूका लागि नियति जस्तो नै बन्ने गरेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २, औंरहवामा केही समय अगाडि स्थापना भई सञ्चालनमा आएको पेपर उद्योगले स्थानीयलाई रोजगारी प्रदान गर्नुका साथै प्राविधिक सिपसमेत प्रदान गरिरहेको छ ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमार्फत सञ्चालन हुँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अब अध्ययन नगराउने भएको छ । कलेजले अस्पताल मात्र सञ्चालन गर्ने जनाएको हो ।
देशकै अत्यधिक गर्मी हुने मध्येको एक नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको हो ।
जानकी गाउँपालिका वडा नं. ३ इन्द्रपुर बाँकेकी ३१ वर्षीया सविता राजवंशीको श्रीमान् सन्तोष कठरियालाई गत फागुन २३ गते राती एक लुटेराको समूह घरमा पसेर लुटपाटसमेत गरी आक्रमण गरेर हत्या गरे ।
बाँके प्रहरीले डाँका चोरीमा संलग्न दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट गरेको प्रहरीले बताएको छ ।
नेपालगन्जका विभिन्न उद्योग तथा फर्म व्यवसायमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका विभिन्न उद्योग तथा फर्मलाई कारबाही गरिएको छ । अनुगमनका क्रममा कैफियत पाइएका दुई वटा उद्योग सिल गरिएको छ भने विभिन्न चार वटा उद्योगलाई कारबाही गरी एक लाख ९० हजार रुपियाँ जरिवाना गरिएको छ ।
भारतमा भइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमावर्ती जिल्ला श्रावस्तीमा बिहीबार नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरमिनियास्थित जयेन्दु बाल सुधार गृहबाट हाम फालेर भाग्न खोज्दा एक बाल बन्दी (बालबिज्याँइकर्ता) घाइते भएका छन् ।
बाँके प्रहरीले नेपालगन्जबाट एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
नेपालगन्जमा केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाका कारण जनजीवन प्रभावित बनेको छ । यहाँको तापक्रम अधिकतम तापक्रम ४० डिग्री पुगेपछि बाहिर निस्कन र हिँडडुल गर्न समस्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडी बढाएको छ ।