नेवार सभ्यता भन्नाले नेपाल सभ्यता हो । यसलाई नेवाः सभ्यता पनि भनिन्छ । बागमती नदीको आसपास रहेको नेपाल मण्डलको नेपाल सभ्यताको केन्द्रविन्दु हो– पशुपतिनाथ । लगभग १५ औँ शताब्दी इसापूर्वतिर ऋग्वेद लेख्दा नै लेखिएको ‘श्रीपशुपतिनाथ’ शब्द हो । पशुपतिनाथ पशु झैँ पासमा बाँधिएका सम्पूर्ण चराचर जगत्का मालिक देवताका पनि देवता महादेव नै हुन् । हिन्दु र बौद्ध सम्प्रदाय उत्पत्ति हुनुअघिकै सभ्यता हो । इन्दस (सिन्धु) सभ्यताको उत्खनन गर्दा पशुपतिनाथको सिलछाप नै भेटिएकाले पाशुपत सभ्यता इन्दस सभ्यताभन्दा धेरै पुरानो सभ्य
प्रकृतिको प्राण संस्कृति हो, प्रकृति शरीर हो । यसभित्रको श्वास नै संस्कृति हो । प्रकृति र संस्कृति मिलेरै जीवन बनेको हुन्छ । साङ्ख्य योग तथा सनातन शास्त्रमा ‘प्रकृति र पुरुष मिलेरै सृष्टि हुन्छ’ भनिएको छ । प्रकृति भनेको भौतिक शरीर हो ।
पशुपतिको दर्शनमा आउने पूर्वी नेपालका बटुवाको वासस्थान हो, थिमि