तीनदिनदेखि उदयपुर पसेको सप्तकोशीको पानीले निकास खोज्ने क्रममा बेलका नगरपालिका वडा नंं २ मा असर बढेको छ । सो वडाको लालभित्तीदेखि एकताचौक, कान्तीचौक, रामनगर, नारायणचौकदेखि तल्लोबस्ती चन्द्रपुर हुदै पुरन्दहसम्म असर देखिएको बेलका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो ।
उदयपुरको जलजले स्थित देशको ठूलो उद्योग उदयपुर सिमेन्ट उद्योग विद्युतको कारण बन्द छ । गत असार ९ गते रातीदेखि बन्द उद्योगलाई दैनिक करिब एक करोड घाटा रहेको उद्योगका नायव महाप्रवन्धक विजय ठाकुरले बताउनुभयो ।
जिल्लाको त्रियुगा नगरपालिकाको वडा नं. ८ झोडामा गरिएको सडक योजना गुणस्तरहीन भएको भन्दै उपभोक्ताहरुले विरोध जनाएका छन् । निर्माण समाग्रीहरु गुणस्तरहिन सामाग्री प्रयोग गरिएको र मापदण्ड अनुसारको काम नभएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।