अमेरिका र वेल्सको बराबरी
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘बी’ को खेलमा वेल्सले अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
नेदरल्यान्ड्सको सुखद सुरुवात
नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा सुखद सुरुवात गरेको छ । अल थुममा रङ्गशाला सोमबार राति भएको समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २-० गोलले हरायो ।
स्पेनका काराभाल बिरामी
स्पेनका डिफेन्डर डानी काराभाल सोमबार बिरामी परेपछि विश्वकपअन्तर्गत बुधबार कोस्टारिकाविरुद्ध खेलमा सहभागी हुनेमा शङ्का उत्पन्न भएको छ। उहाँले सोमबार अभ्यासमा पनि भाग लिनुभएन। राइट ब्याक काराभालको यो पहिलो विश्वकप हो।
अर्जेन्टिनाका लागि साउदी अरब सहज विपक्षी !
यसपालि ब्राजिलसँगै अर्जेन्टिनालाई पनि प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ। फुटबलर डिएगो म्याराडोनापछि अर्जेन्टिनाले विश्वकप उपाधि जितेको छैन। म्याराडोनाको निधनपछि अर्जेन्टिनाको यो पहिले विश्वकप पनि हो। अर्जेन्टिनाले यसपालि विश्वकप जितेमा म्याराडोनाप्रति हकलाग्दो श्रद्धाञ्जलि हुनेछ। लियोनेल स्कालोनीको प्रशिक्षकत्व र लियोनेल मेसीको कप्तानमा अर्जेन्टिनाको लय पनि गजबको छ। अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित छ। यसबीच अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि पनि जितेको थियो। त्यसैले पनि विश्वकप उपाधि दाबेदारको सूचीमा अर्जेन्टिनाको नाम सबैभन्दा माथि छ।
मानव अधिकार हननको विषय
युरोपका सात देशका कप्तानले मानव अधिकार हनन र समलिङ्गीप्रतिको घृणा विषयमा कतारको विरोध गर्दै विश्वकपमा खेल्दा पाखुरामा ‘आर्मब्यान्ड’ लगाउने घोषणा गरेका थिए ।
गत विजेता फ्रान्सलाई अस्ट्रेलियाको चुनौती
विश्वकप फुटबलको उपाधि रक्षा अभियानमा रहेको टिममा त्यसै पनि सबैको नजर हुन्छ। यस पटक फ्रान्स उपाधि रक्षा अभियानमा रहनेछ तर तितो सत्य के हो भने सन् १९६२ मा ब्राजिलपछि कुनै देशले लगातार विश्वकप जितेको छैन। यसबाट पनि थाहा पाइन्छ विश्वकप च्याम्पियन बन्न कति कठिन छ। अझ प्रेरणादायी स्ट्राइकर करिम बेन्जामा, क्रिस्टोफर कुन्कु तथा मिडफिल्डरहरू पल पोग्बा र एन्गोलो कान्टे चोटका कारण टिममा नहुँदा फ्रान्सको चिन्ता बढेको छ। चार वर्षअघि विश्वकप ट्रफी जितको यात्रामा फ्रान्स निकै प्रभावशाली थियो। पोग्बा र कान्टे दुवै पछिल्लो संस्करणमा उपाधि जित्दा मिडफिल्डमा प्रमुख खेलाडीद्वय थिए। यसैगरी बेन्जामा गत महिना विश्वका सर्वश्रेष्ठ फुटबलर घोषित भएर बालन डि ओर विजेता हुनुहुन्छ। क्रिस्टोफरले सन् २०२२ मा आफ्नो टिम लेप्जिगका लागि ३७ गोल र ११ एसिस्ट गर्नुभएको थियो।
इरानमाथि इङ्ग्ल्यान्डको आधा दर्जन गोल
इङ्ग्ल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार साँझ भएको खेलमा इङ्ग्ल्यान्डले एसियाली देश इरानमाथि ६-२ गोलको सानदार जित निकाल्यो ।
कतार विश्वकपलाई स्वर्णिम बनाउने रोनाल्डोको चाहना
पाँचौं पटक विश्वकप फुटबलमा सहभागिता जनाउन लाग्नुभएको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस विश्वकपलाई स्वर्णिम बनाउन चाहेको बताउनुभएको छ ।
इङ्ग्ल्यान्डलाई एसियाली देश इरानको चुनौती
कतार विश्वकप अन्तर्गत आज (सामेबार) समूह ‘बी’ को दुई खेल हुँदैछ । साँझ ६ः४५ बजे हुने खेलमा युरोपको वलियो टोली इङ्ग्ल्यान्डले एसियाली देश इरानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको अनुभवी टोली इङ्ग्ल्यान्ड विश्वकपमा दोस्रो पटक एसियाली देशको सामना गर्दैछ ।