विश्वकप फुटबल : रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी् सुरुवात
विश्वकप फुटबलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
विश्वकप फुटबल : रिचार्लिसनले दुई गोल गर्दा ब्राजिलको विजयी सुरुवात
कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ ।
उरुग्वे र दक्षिण कोरिया बराबरीमा रोकिए
उरुग्वे र दक्षिण कोरियाले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
स्वीट्जरल्यान्डको विजयी सुरुवात
स्वीट्जरल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘जी’ अन्तर्गत अल जानोव स्टेडियममा बिहीबार भएको खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो ।
खेलसँगै विश्वको मन जितेको जापान
विश्वकपमा आफ्नो टोलीले जितेपछि समर्थकले के गर्लान् ? यस प्रश्नको सहज उत्तर तत्काल हुटिङ गर्ने, खेल जितेको खुशीयालीमा पार्टी र रमाइलो गर्ने । तर, कतारमा जारी विश्वकपमा जापानका समर्थकले खेल जितेसँगै रंगशालाको प्यारापिटमा रहेका फोहोर संकलन गरेका छन् ।
उदाए जिदान
यही विश्वकपबाट फिफाले गोल्डेन बल प्रणाली सुरु गर्यो। अब टाइब्रेकरमा पनि निर्णय नभए गोल्डेन बलका आधारमा जसले पहिले गोल गर्छ उही जित्ने भयो। यस विश्वकपमा प्रतिखेल औसत ५५ करोड दर्शकले प्रत्यक्ष प्रसारणबाट खेल हेरे, जुन विश्व कीर्तिमान पनि बन्यो। अझ फ्रान्स र ब्राजिलबीचको फाइनल खेल त टेलिभिजनमा दुई अर्ब मानिसले हेरेका थिए। आयोजक फ्रान्सले एकपक्षीय फाइनल खेलमा ब्राजिललाई ३–० ले हराएर पहिलो पटक विश्वकप ट्रफी जितेको थियो। एइमी ज्याकेटको प्रशिक्षकत्वमा फ्रान्सले प्रतियोगिताभरि उत्कृष्ट खेल देखायो र सुरुदेखि नै उपाधि हकदारका रूपमा देखिएको थियो।
डिकोलाई मन परेन पेले
अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिङ्गरले भनेका थिए, “ती मानिस जसले फुटबललाई माया गर्छन्, एडिसन अरान्तेस डो नासिमेन्टो, जसलाई पेलेका नामले बुझिन्छ, उनीहरूका आदर्श हुन्।” ‘पेले’ शब्द सानो छ तर यो धेरै नै समृद्ध छ। एडिसन अरान्तेस डो नासिमेन्टोले यसलाई उत्कृष्टता जनाउने पर्यायवाची शब्द नै बनाइदिए। पेले शब्द कहाँबाट आयो भन्ने सन्दर्भमा अनेक कथा छन् तर कसैले पनि यसलाई सटिक वर्णन गर्न सकेका छैनन्।
विद्रोही म्याराडोना
इतिहासले उनलाई महान् फुटबलर भनेरै चिन्दछ। जब उनी तीन वर्षका भए तब उनका भाइले उनलाई फुटबल उपहार दिएका थिए। त्यो बलसँग उनको लगावको सीमा रहेन, छ महिनासम्म सो बल सिरानीमा राखेर उनी सुते। तिनै बालक पछि विश्व प्रसिद्ध भए, डियगो म्याराडोना उनको पहिचान बन्यो। १० वर्षको उमेरमै म्याराडोनाले रोजा एस्ट्रेला क्लबका लागि खेलेका थिए। १५ वर्षको हुँदा उनले अर्जेन्टिनोस जुनियर्सका लागि व्यावसायिक खेल जीवन सुरु गरे। उनको जन्म अर्जेन्टिनाको ब्युनर्स आयर्सको एक गरिब बस्तीमा भएको थियो। बाबु डन डियगो र आमा साल्चाडोरा फ्रयाङ्कोबाट तीन छोरीको जन्म भएपछि म्याराडोना जन्मिएका थिए। त्यसपछि लगातार भाइबहिनी जन्मिँदा म्याराडोनाको परिवारमा कुल आठ भाइबहिनी भए। सन् १९८१ मा उ
अफ्रिकामा विश्वकप
सबै महादेशमा पालैपालो विश्वकप आयोजना गर्ने फिफाको नीतिअनुसार अफ्रिकी महादेशको दक्षिण अफ्रिकाले सन् २०१० मा विश्वकप आयोजना ग-यो। अफ्रिकाका पाँच देशले आयोजनार्थ आ–आफ्नो प्रस्ताव राखेका थिए। फिफाको कार्यकारी कमिटीले संयुक्त आयोजना नगराउने निर्णय लिएपछि ट्युनिसिया पछाडि हट्यो भने लिबियाको एकल प्रस्तावले प्रस्तावित मापदण्ड पूरा गर्न नसकिने देखियो। यी दुई राष्ट्रको प्रस्ताव असफल भएपछि सन् २००४ मा फिफामा भएको मतदानबाट दक्षिण अफ्रिकालाई आयोजना अधिकार प्रदान गरियो, मोरक्को र इजिप्ट असफल भए।