घानासँग दक्षिण कोरिया पराजित
फिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा एसियाली टोली दक्षिण कोरियाले घानासँग हार खेपेको छ ।
सर्बिया र क्यामरुनको बराबरी
फिफा विश्वकप अन्तर्गत गोलको वर्ष भएको खेलमा सर्बिया र क्यामरुनले बराबरी खेल्दै अंक बाँडेका छन । अल जानोब स्टेडिममा सामेबार भएको समूह ‘जी’ को खेलमा सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरीमा रोकिए ।
नकआउटतर्फ पोर्चुगलको नजर
पछिल्लो खेलमा पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले सोमबार उरुग्वेविरुद्ध खेल्दै छ। उरुग्वेविरुद्धको जितले पोर्चुगललाई समूह ‘एच’बाट नकआउट चरणमा पु¥याउनेछ। पोर्चुगलले पहिलो खेलमा घानालाई ३–२ ले हराएको थियो। चालू विश्वकपमा एउटा विश्व कीर्तिमान बनाएपछि रोनाल्डोको प्रमुख लक्ष्य भनेको विश्वकप ट्रफी उचाल्नु नै हो। उहाँले पनि भन्नुभएको छ, “यो सुरुआत मात्र हो। असम्भव भन्ने केही हुन्न।” आफ्नो नेतृत्वमा पोर्चुगललाई युरो च्याम्पियन बनाइसकेका रोनाल्डोलाई विश्वकप ट्रफीले भने लोभ्याइरहेको छ। एट्लेटिको म्याड्रिडका फरवार्ड जोआवो फेलिक्स, म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर बु्रनो फर्नान्डेज र म्यान्चेस्टर सिटीका मिडफिल्डर बर्नार्डो सिल्भाको उपस्थितिका कारण रोनाल्डोले आफ्नो अन्तिम विश्वकपमा ट्रफी उचाले आश्चर्यचकित हुनुपर्ने छैन। उरुग्वेले पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरीमा खेलेको थियो।
ब्राजिललाई स्विट्जरल्यान्डको चुनौती
पाँच पटकको विश्वविजेता तथा उपाधिको प्रमुख दाबेदार ब्राजिलले पहिलो खेलमा सर्बियालाई हराउँदा रिचर्लिसनले दुवै गोल गर्नुभयो। त्यसैले रिचर्लिसन अहिले भगवान् उहाँको साथमा रहेको विश्वास गर्नुहुन्छ। स्विट्जरल्यान्डविरुद्ध सोमबार हुने खेलअघि रिचर्लिसनले सो भनाइ राख्नुभएको हो। रिचर्लिसनले विश्वकपमा आफ्नो पहिलो खेलमै दुई गोल गर्नुभयो।
२८ वर्षपछि विश्वकपमा सर्वाधिक दर्शक
लियोनेल मेसी चम्किएपछि अर्जेन्टिनाले शनिबार राति मेक्सिकोलाई २–० ले हराएर विश्वकप फुटबल प्रतियोगितामा नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। मेसी र अर्जेन्टिनाको प्रभावका कारण लुसैले रङ्गशालामा सो खेल हेर्न ८८ हजार ९६६ दर्शकको उपस्थिति रहेको थियो। सन् १९९४ मा अमेरिकामा ब्राजिल र इटालबीचको विश्वकपको फाइनल हेर्न क्यालिफोर्नियाका रोज बल रङ्गशालामा ९१ हजार १९४ दर्शकको उपस्थिति रहेको थियो। सो खेलपछि अर्जेन्टिना र मेक्सिकोबीचको खेल हेर्न रङ्गशालामा सर्वाधिक दर्शक उपस्थित थिए। यद्यपि यो दर्शक सङ्ख्या विश्वकपको सर्वाधिक धेरै दर्शकको शीर्ष ३० मा पनि छैन। सन् १९५० मा उरुग्वेले ब्राजिललाई हराएर पहिलो विश्वकप जित्दा ब्राजिलको रियो दी जेनेरियोमा अवस्थित माराकाना रङ्गशालामा एक लाख ७३ हजार ८५० दर्शकको उपस्थिति थियो। यो नै अहिलेसम्मको सबभन्दा धेरै दर्शकको कीर्तिमान हो।
स्पेन र जर्मनी बराबरीमा रोकिए
स्पेन र जर्मनीले कतारमा जारी फिफा विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘ई’अन्तर्गत अल बायट स्टेडियममा आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेले ।
क्रोएसियासँग हार खेप्दै विश्वकपबाट बाहिरियो क्यानडा
क्रोएसियासँग सुरुवाती अग्रता लिएर पनि अन्तिममा फराकिलो हार खेपेको क्यानडा कतार विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।
बेल्जियमलाई मोरोक्कोको धक्का
विश्वकपको उपाधि दावेदार बेल्जियमलाई मोरोक्कोको धक्का लागेको छ । समूह समूह ‘एफ’अन्तर्गत आइतबार साँझ भएको खेलमा बेल्जियम मोरोक्कोसँग २-० गोलले पराजित भयो ।
कोस्टारिकासँग जापान पराजित
एसियाली देश जापान कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा कोस्टारिकासँग पराजित भएको छ । समूह ‘ई’ अन्तर्गत अहमद विन अली स्टेडियममा आइतबार भएको खेलमा जापान कोस्टारिकासँग १–० गोलले पराजित भयो ।