वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता आएन
सरकारले आगामी आबका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपियाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।
सरकारको प्राथमिकता : कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजना मात्रै
आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेका छन् । कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको हो ।
राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान
चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।
चालु आवको खर्च १५ खर्ब चार अर्ब ९९ करोड, ८३ प्रतिशत खर्च हुने अनुमान
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपियाँ हुने अनुमान सार्वजनिक गर्नुभएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहनुभएको छ ।
सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०–०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गर्नुभएको हो।
वीरेन्द्रनगर नगरपालिकाको बजेट एक अर्ब ९४ करोड ११ लाख
वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपियाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबारदेखि सूरु भएको ११ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरिएको हो ।
तानसेन नगरपालिकाको बजेट १ अर्ब ३९ करोड
तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का लागि १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपियाँको बजेट विनियोजन गरेको छ । एघारौं नगरसभाको अधिवेशनमा उपप्रमुख प्रतिक्षा सिंजालीले चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालिस र पूँजिगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरेको बताउनुभयो ।
सात स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट
सिन्धुलीको नौ वटा स्थानीय तहमध्ये सात वटाले शुक्रबारसम्म आगामी आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेका छन् ।