विदेश भ्रमणमा जानेलाई २०० अमेरिकी डलरको मात्रै सटही सुविधा
नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ ।
नेपाल बैङ्कको एक्सटेन्सन काउन्टर
नेपाल बैङ्क लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौँमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका बिग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभयो ।
ग्लोबल आईएमईको लन्डनमा अन्तक्र्रिया
विदेशी मुद्रामा नेपाली बैङ्कमा खाता खोल्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै ग्लोबल आईएमई बैङ्कले बेलायतको लन्डनमा बृहत् अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आईएमई बैङ्क लिमिटेडको संयुक्त अधि
ग्लोबल आईएमईलाई अवार्ड
ग्लोबल आईएमई बैङ्क लिमिटेड ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ बेस्ट बैङ्क नेपाल २०२२’ बाट सम्मानित भएको छ ।बुधबार बेलायतको लन्डनमा आयोजित एक कार्यक्रममा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले उक्त अवार्ड ग्रहण गर्नुभएको हो । सन् १९९२ मा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो ।
बैङ्कले अप्ठ्यारोमा पारेको व्यवसायीको गुनासो
बाँकेका उद्योगी व्यवसायीले बैङ्कले ब्याज र साँवा असुलीमा ताकेता गरेर व्यवसायीलाई झन् अप्ठ्यारोमा पारेको गुनासो गर्नुभएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले बुधबार आयोजना गरेको बैङ्कर र उद्यमी व्यवसायीबीचको अन्तक्र्रियामा उहाँहरूले कोरोना महामारीकै बेलादेखि देखिएको समस्याबाट पार पाउन नसकिरहेको अवस्थामा ऋण र ब्याज असुलीमा कडाइ गरेर बैङ्कले थप समस्यामा पारेको आरोप लगाउनुभयो ।
आँखा अस्पताललाई सहयोग
सिद्धार्थ बैङ्क लिमिटेडले त्रिपुुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई पाँच लाख छ हजार २५० रुपियाँ सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको हो । बैङ्कका तर्फबाट अजयसिंह भण्डारीले अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
हिमालयनमा गाभिने भयो सिभिल बैङ्क
हिमालयन बैङ्क लिमिटेडले सिभिल बैङ्क लिमिटेड प्राप्ति गर्ने भएको छ । बुधबार हिमालयन बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैङ्कका अध्यक्ष प्रतापजङ्ग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । दुवै बैङ्कबीच भएको समझदारीअनुसार हिमालयन बैङ्कले अब सिभिल बैङ्कको सेयर प्रतिकित्ता ८१ रुपियाँका आधारमा कारोबार गर्नेछ ।
एकीकृत कारोबार सुरु
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २८ गते । नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरेपछि सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । मर्जपछि ‘नबिल बैङ्क लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो ।‘क’ वर्गको इजाजतप्राप्त नबिल बैङ्कले नेपाल राष्ट्र बैङ्कको अनुमतिबाट नेपाल बङ्गलादेश (एनबी) बैङ्कलाई प्राप्ति गरेको हो । प्राप्तिसँगै अब नेपाल बङ्गलादेश बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्वको जिम्मेवारी नबिल बैङ्कले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वित्तीय संस्था भएको छ । समग्र बैङ्किङ प्रणालीको आवश्यकतालाई ध्यानमा राखी सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न यो कदम चालेको बैङ्कका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानाले बताउनुभएको छ ।
सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर संचालन
सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको चुरे गाउँपालिकामा निशुल्क आँखा चेकजाँच शिविर संचालन गरेको छ । बैंकले अत्तरीया तथा चुरे शाखाको र नेपाल नेत्रज्योतीसंघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा सामेबार चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निशुल्क आँखा चेकजाँच शिविर गरिएको हो ।