यो नो भोट किन चाहियो ! भोट हाल्न मन नलागे नहाले भएन ? यसै नो भोट हुन्छ ? निर्वाचनको बुथमा नै जानुपर्छ र नो भोट भन्न ? भोट हाल्न नगएर घरमै बसेपछि त नो भोट भयो नि । अनि नो भोट भनेर त्यहाँसम्म जाने भोट दिन्न भन्न ? कसैलाई पनि भोट दिन्न भनेर जानुपर्ने ? यो समाज भड्काउने कुरा मात्रै हो ।