• १५ वैशाख २०८१, शनिबार

अत्यधिक गर्मीले झापाको दमक र कचनकवलका विद्यालय बन्द

blog

दमक, जेठ १८ गते । केही दिनयता अधिक गर्मी बढेपछि झापाको दमकस्थित सामुदायिक तथा निजी विद्यालयहरू २ दिन सार्वजनिक बिदा दिइएको छ । दमक नगरपालिकाले विद्यालयहरूलाई परिपत्र गर्दै बिहीबार र शुक्रवार सार्वजनिक बिदा दिन निर्देशन गरेको हो ।

शैक्षिक सत्र २०८० को बर्से बिदाबाट काटिने गरी बिदा दिइएको दमक नगरपालिका शिक्षा अधिकृत प्रवीण खड्काले बताउनु भयो । गर्मीका कारण विद्यार्थीहरुलाई समस्या आउन सक्ने भएकाले बिदा दिइएको हो, खड्काले भन्नुभयो । गर्मी बढेसँगै विद्यालयहरूले विद्यार्थीलाई लाइन लगाउने काम भने रोकेका थिए ।

यसै गरी झापाको कचनकवल गाउँपालिकाले बिहीबार देखि २२ गतेसम्म पाँच दिनका लागि विद्यालय बन्द गरिएको जानकारी दिएको छ । कचनकवल गाउँपालिकाले सामुदायिक विद्यालयहरुमात्र बन्दको सूचना निकालेको छ ।

Author

विष्णुप्रसाद पोखरेल