• ३१ वैशाख २०८२, बुधबार

‘माटो’ ब्रान्डको स्टोर बुढानीलकण्ठमा

blog

काठमाडौँ, भदौ ७ गते ।  नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको ‘माटो’ ब्रान्डको सातौँ स्टोर बुढानीलकण्ठमा खुलेको छ । जहाँ स्थानीय किसान सफल हुन्छन्, त्यहाँ राष्ट्र बलियो हुन्छ भन्ने मान्यता अनुरूप ‘माटो’ ले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर रासायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र बिक्रीवितरणमा राखेको छ । 

‘माटो’ का अध्यक्ष पवनकुमार गोल्यानले भन्नुभयो, “किसानले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन् भन्ने थाहा पाएपछि यो यात्रामा लागेका छौँ ।” किसानको भोगाइ र सङ्घर्र्षको जीवन्त अवलोकनपछि किसान र उपभोक्ताबिच प्रत्यक्ष कारोबार स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्यका साथ गरिएको उहाँले बताउनुभयो । 

‘माटो’ एक स्वदेशी ब्रान्ड हो, जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ । ‘माटो’ ले आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ । ‘माटो’ ले अनलाइन अर्डर अनुसार होम डेलिभरी गरेर पनि घर घरमा विषादीरहित नेपाली उत्पादन आपूर्ति गरिरहेको छ ।