• १३ साउन २०८१, आइतबार

सकिमना पुन्हीमा सजियो भक्तपुर (फोटो फिचर)

blog

तस्बिर : शेखर चौलागाईं

काठमाडौं, कात्तिक २२ गते । नेवारी समुदायले नेपाल संवतको पहिलो पूर्णिमाको अवसरमा मंगलबार सकिमना (सकिमिला) पुन्ही पर्व मनाएका छन् । भक्तपुरका नेवार समुदायले ऋतु अनुसार उत्पादनलाई चाडपर्वमा रुपान्तरण गर्दै मनाउने यो पर्वको अवसरमा मठ मन्दिरको अगाडि देवताले खाने अन्नबाट विभिन्न आकार बनाउने गर्दछन् । भक्तपुरका केही मन्दिर अगाडि पुगेर त्यहाँका नेवार समुदायले मनाएको सकिमना पर्वलाई गोरखापत्र अनलाइनका लागि शेखर चौलागाईंले कैद गर्नुभएका केही तस्बिर :