• १३ साउन २०८१, आइतबार

सिमाना विवादले पर्यटकीय ताल ओझेलमा

blog

संरक्षणको प्रखाइमा रहेको छेडेदह ताल । तस्बिरः शेरबहादुर सार्की

बाजुरा, भदौ १४ गते । बाजुरामा पर्यटकीय स्थलको रुपमा चिनिँदै आएको खप्तड छेडेदह गाउँपालिकाका वडा नं ४ र ७ को बीचमा रहेको छेडेदह ताल लामो समय देखि संरक्षणकै पर्खाइमा रहँदै आएको छ ।

साबिकको वडा नं –९ खाती गाउँ र आटीचौर गाविसको वडा नं. –१ लम्गाउँका स्थानीय बीच लामो समयसम्म सिमाना विवाद हुँदै गएपछि ताल ओझेलमा पर्दै आएको हो । खप्तड छेडेदह गाउँपालिका वडा नं –७ का वडा अध्यक्ष खगेन्द्र रावतले एउटै गाउँपालिकाको –२ वडाको सिमानामा रहेको यो ताल दुबै वडाका स्थानीय बीच विवाद हुँदै आएको छ । त्यो विवादको अझै कुनै टुङ्गो नलागेपछि तालको संरक्षण नभएको बताउनुभयोे ।

उहाँले भन्नुभयो, साबिकका गुदुखाती –९ खाती गाउँ र आटिचौर –१ लम्गाउँ बीचमा रहेको यो ताल स्थानीयले आ–आफने क्षेत्रमा परेको भन्दै अडान लिन थालेपछि संरक्षणका लागि विभिन्न निकायसँग पहल कदमी गर्न नै  निकै समस्या भएको छ ।

स्थानीय सरकार गठन भएपछि अहिले यो ताल खप्तड छेडेदह गाउँपालिका ४ र ७ को बीचमा पर्छ अध्यक्ष रावतले भन्नुभयो, “यो वर्ष बाजुरामा लगातार पर्दै गएको अविरल वर्षाताका कारण वडा नं –४ को खाती गाउँको पट्नापानीमा गएको पहिरोले खोलिने सम्भावना समेत देखिएको छ, ।,,

यती बेला तालको संरक्षणका लागि केही काम गर्न सकिने भएपनि पहिरोको समेत जोखिम भएपछि स्थानीय सरकारबाट कुनै सम्भावना नदेखिएको  खप्तड छेडेदह गाउँपालिका –४ का वडा अध्यक्ष दलबहादुर रावतले बताउनुभयो ।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट यो ताल हर्नेका लागि दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । स्थानीय तह गठन भएपश्चात् साबिकको गुदूखाती गाविसको –९ मा पर्ने खातीगाउँ र आटिचौर गाविसकको वडा नं. –१ लम्गाउँ दुइवटै वडा छेडेदह गाउँपालिकामा पर्दछन् ।

खप्तड छेडेदह गाउँपालिका वडा नं –४ वडा अध्यक्ष दल रावतले,विवादको टुङ्गो लगाउन दुइटै वडाका समाजसेवि बुद्धिजीवि तथा स्थानीयको आम भेला गर्दै उनीहरुको रोहोवरमा सिमाना विवादको टुङ्गो लगाउने वित्तिकै ताल संरक्षण तथा प्रवद्र्धन गर्ने प्रक्रियालाई अगाडी बढाइने बताउनुभयो ।

उहाँले, प्रकृति स्रोतले सम्पन्न यो ताल सुदूरपश्चिमकै एक पर्यटकीय स्थलको रुपमा चिनिने तालको संरक्षण गर्नु अति आवश्यक रहेको छ । यसका लागि गाउँपालिका पनि लागि परेको छ , तर दुइ गाउँको विवाद नटुङ्गेका कारण गाउँपालिकाले पनि केही गर्न सकिएको छैन् ।

अध्यक्ष रावतले खप्तड छेडेदह गाउँपालिकाको अहिले ४ र ७ नम्बर वडामा पर्ने यो तालको जती महिमा आर्कषण छ त्यती महत्व र स्थान पाउन नसकेको बताउनुभयो । जिल्लाकै एक आकर्षणको रुपमा रहेको यो ताल विवादकै कारणले संरक्षण हुन नसकेको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले, अहिले यो ताल पहिरो समेत उच्च जोखिममा रहेको छ । पहिला पहिरोबाट बचाउँन सकेपछि विवादित विषयमा पनि टुङ्गो लाग्छ । त्यसपछि ताल वरिपरि रहेको सबै क्षेत्रलाई सेक्टर विभाजन गरी संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यलाई अगाडी बढाउने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, यो ताल बाजुरा जिल्लाकै एक पर्यटकीय क्षेत्रको रुपमा रहेकोले यसमा गाउँपालिकाले मात्र केही काम गर्न नसकिने भएकोले यसका लागि स्थानीयसँगै प्रदेश र सङ्घीय सरकारको ध्यान जान जरुरी रहेको छ ।

Author

शेरबहादुर सार्की