• १३ साउन २०८१, आइतबार

रुपन्देहीबाट ५ जना विद्यार्थीले ल्याए जीपीए चार

blog

सिद्धार्थनगर,साउन १२ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जीपीए चार ल्याएका छन् ।

जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार एक सामुदायिक बिद्यालयसहित रुपन्देहीमा पाँचजनाले ल्याएका हुन् । अक्सफोर्ड माबिका दुई, होराइजन माबिका दुई जना र कालिका मानवज्ञानबाट एक जनाले जीपीए चार ल्याएका हुन् ।

बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट एक जनाले जीपीए चार प्राप्त गरेका हुन् । कालिकाका छात्र विवेक न्यौपानेले ४.० जीपीए ल्याएको विद्यालयका शिक्षक युवराज कंडेलले जानकारी दिनुभयो ।

कालिका नेपालकै धेरै विद्यार्थीले अध्ययन गर्ने सामुदाियक स्कुल हो जहाँ आठ हजार विद्यार्थी अध्यय्नरत छन् । परीक्षामा ६०६ जना विद्यार्थी सहभागी भएका थिए । 

अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए चार ल्याएको बिद्यालयले जनाएको छ । त्यस्तैगरी बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट दुई जनाले जीपीए चार प्राप्त गरेका हुन् । होराइजनका स्प्रीया ढकाल र बिमर्श ज्ञवालीले जीपीए चार ल्याएको बिद्यालयले जनाएको छ ।

रुपन्देहीका ३३५ बिद्यालयका १७ हजार ६९३ जना बिद्यार्थी परिक्षामा सामेल भएको जिल्ला शिक्षा इकाई रुपन्देहीले जनाएको छ । लुम्बिनी प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो ।  

Author

कपिल ज्ञवाली