• २० मङ्सिर २०८२, शनिबार

जाँदाजाँदै (कविता)

blog

पहिरोले बगाउन नसकेको

एक पाखा हरियो बाँकी छ

तिम्रो रिफ्रेस टियर्सका लागि

आऊ आँखा जुधाएर घामको सामना गर

प्रिय बादल !

भागेर समस्याको समाधान हुँदैन ।


बाढीले लान नसकेको

एक बाली पसिना बाँकी छ

सिर्जना र उत्पादनका लागि 

आऊ हिम्मत जुटाएर खडेरीसँग जुध 

प्रिय जमिन !

आत्मसमर्पण मृत्यु सरह हो ।


बतासले उडाउन नसकेको

एक पुस्ता संस्कृति बाँकी छ


तिम्रो स्वपहिचानका लागि

आऊ सम्पत्ति ठानेर बचत गर

प्रिय शिला !

व्रmसरमा मूच्र्छित हुनु पर्दैन आगतमा ।


कन्ट्याक्टरले भत्काउन नसकेको

एक माइल बाटो बाँकी छ

समतामूलक यात्राका लागि

आऊ अँध्यारो चिरेर यात्रा गर

प्रिय किरण !

विचारको उज्यालो निरन्तर जरुरी छ ।


कुनै पन्जा लडाइँले पछार्न नसकेको

एउटा देब्रे हात बाँकी छ

सचेत उठाइरहनका लागि

आऊ हाडजोर्नी र नसा परीक्षण गर

प्रिय चिकित्सक !

रोगमुक्त मुठी निर्विकल्प सपना हो ।


बाँकी छ

पुँजीले गिजोल्न नसकेको एउटा टाउको

पतित खुट्टासँग विद्रोह गरेर

खबरदारी गरिरहेको भ‍¥याङको एउटा खुट्किलो

रिमोटको छालाले नछोएको एउटा बुढी अ‍ौँलो 

सत्ताको कारागार तोडेर आएको

एक झोक्का हावा बाँकी छ

आऊ लय मिलाउँदै फरफराइदेऊ

प्रिय ज्ञानध्वज !

यहाँ धमिराको जन्जिर तोड्नु छ । 


आऊ 

आवाजलाई बोसोमुक्त बनाएर आऊ

प्रिय आशाकाजी !

हाम्रो घाँटीको स्पिकर सफा गर्नु छ

अक्षरको कलेजो पखाल्नु छ

व्यवहारको तालमेल मिलाउनु छ

अघि अघि बढ्नु छ

पछि पछि ध्यान पु‍¥याएर आऊ

बुल डोजरले भत्काउन नसकेको 

एउटा छाती बाँकी छ

प्रिय जेनजी !

जे छ, त्यो जोगाउन आऊ

‘दास’ बाँचेर ‘आस’ पलायन हुनु हुँदैन ।


जाँदाजाँदै

क्यालेन्डरका अङ्कहरूले 

यसरी नै गरिरहेको छ एउटा आग्रह

देशप्रेमीहरूसँग प्रत्येक दिन

आऊ युद्धविराम गरेर बसेको

एउटा गोली पनि बाँकी छ ।