• १५ असार २०८२, आइतबार

रसिलालाई माउन्ट पोपा अल्ट्रा रनको उपाधि

blog

उपाधिसहित रसिला तामाङ ।

काठमाडौँ, असार १५ गते । अल्ट्रा रनर रसिला तामाङले माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जित्नुभएको छ । 

म्यानमारमा आइतबार भएको ५० किमी दुरीको ट्रायल रनमा रसिलाले पुरुष धावकहरुलाई समेत पछाडि पारेर ओभरअलमै पहिलो हुनुभएको हो ।

सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सीपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाउनुभएकी रसिलाले ६ घन्टा १८ मिनट ५१ सकेन्डमा दौड पूरा गर्नुभयो । 

रसिलाले जितपछि कोरोस घडीसहित अन्य गिफ्ट ह्यामपर प्राप्त गर्नुभयो । सोही दुरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले सात घन्टा ३८ मिनेट ४२ सकेन्ड समय लगाउनुभएको थियो । 

महिलातर्फ दोस्रो हुने यीयीले नौ घन्टा नौ सकेन्डमा दोड पुरा गर्नुभयो । साराह सेङ तेस्रो हुनुभयो । पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा हनुभयो । 

यस जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटिएम च्याम्पियन्सीप फाइनलमा स्थान बनाउनुभएको छ ।

जितपछि रसिलाले ओभरअलमै उपाधि जित्नसक्दा निकै खुशी लागेको बताउनुभयो । उहाँले व्यवस्थितरुपमा रेस आयोजना गरेको भन्दै आयोजकको प्रशंसा पनि गर्नुभयो ।