• ८ असार २०८२, आइतबार

क्षयरोग पत्ता लगाउन शिविर सञ्चालन

blog

जिल्लाको काठेखोला गाउँपालिका–४ तङग्राममा भएको क्षयरोग शिविरमा पहिलो सेवाग्राही सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजु थापा । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) असार ८ गते ।
बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राममा क्षयरोगीहरु पत्ता लगाउन एआइएक्सरे मेशिनद्वारा खोजपड्ताल शिविर आयोजना गरिएको छ । शिविरमा २४५ जनाको छातिको एआई एक्सरेद्वारा परिक्षण गरिएको छ ।

काठेखोला गाउँपालिकाको आयोजना, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकोे समन्वय तथा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा क्षयरोग खोजपड्ताल कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले क्षयरोग समयमै पत्ता लगाउन सकेमा क्षयरोग नियन्त्रण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “क्षयरोग समयमै पत्ता लगायमा अरुमा नसर्ने र उपचार पछि निको हुने बताउनुभयो ।’’

कार्यक्रममा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्रका डा. तिलकमान सिंह भण्डारीले यस खालको शिविर प्रदेशभर क्षयरोग नियन्त्रणका लागि खोजपड्ताल गरिराखेको  बताउनुभयो ।

एक्सरे पश्चात  जनामा शङ्कास्पद क्षयरोग देखिएकाले थप परीक्षणका लागि खकार सङ्कलन गरिएको छ भने दुई जनामा क्षयरोगको सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमण देखिएका दुई जनालाई तत्कालै औषधी सेवनको व्यवस्था मिलाइएको पाण्डेले जानकारी दिनुभयो ।’’