काठमाडौँ, जेठ २० गते । कान्तिलोकपथ (काठमाडौँ–हेटौँडा सडक) चार दिन पूर्णरूपमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले लोकपथअन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले चार दिन सडक बन्न गर्न लागिएको जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलद्वारा जारी सूचनामा यही जेठ २१ देखि २४ गतेसम्म सडक पूर्णरूपमा बन्द हुने उल्लेख छ ।
यो अवधिमा हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न सुझाइएको छ ।