• ९ जेठ २०८२, शुक्रबार

विद्युत मर्मतका लागि पोलमा चढेका कर्मचारीको मृत्यु

blog

मृतक खिमबहादुर खड्का ।

राजु लामिछाने
रुकुमपश्चिम, जेठ ९ गते ।
रूकुमपश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ निवासी २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार बिहीबार राति मुसीकोट नगरपालिका ४ बोहरागाउँमा विद्युत मर्मतका क्रममा पोलमा चढेका खड्कालाई करेन्ट लागेको थियो ।  

खड्का नेपाल विद्युत प्राधिकरण रूकुमकोट वितरण केन्द्रमा कार्यरत रहेको बताइएको छ । रूकुमपूर्वमा विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका खड्काको घटनास्थलमै मृत्यु भएको हो ।  

केन्द्रीय प्रसारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइदा खड्कालाई करेन्ट लागेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।