नौरते नेपाली
सिँजा (जुम्ला), जेठ ९ गते । जुम्लामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ८ निवासी अन्दाजी २७ वर्षीया कल्पना सिंह (शाही)को चट्याङ लागेर मृत्यु भएको हो ।
यार्सा गुम्बा टिप्न जानु भएका शाहीको बिहीबार दिउँसो करिब ३ बजे तातोपानी–८ मा पर्ने पतिउडको सुब्बाकुना पाटनमा चट्याङ्ले मृत्यु भएको तातोपानी–८ का स्थानीय तथा कालिका माध्यामिक विद्यालय टोप्लाका निमित्त प्रधानाध्यापक लोकबहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार शाही यार्सा टिप्न तीन दिन अघि मात्र पाटन जानुभएको थियो । मृत्यु भएको खबर पाउने वित्तिकै प्रहरीलाई खबर गरेको प्रहरी टोली घटनास्थल तर्फ गएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी नयाब निरीक्षक कृष्णराज रोकायाको कमाण्डमा ६ जनाको टोली घटना स्थल तर्फ गएको प्रहरी नायब उपरीक्षक रबिन बाबु रेग्मीले जानकारी दिनुभयो ।
उक्त पाटनमा पुग्न गाउँबाट करिब आठ/नौ घण्टा लाग्छ छ । भौगोलिक रुपमा विकट भएका जान समय लाग्ने देखिएको भारी वर्षा र हावाहुरी चलेकाले समस्या भएको जनाईएको छ । केहिदिन अघि यार्सा गुम्बा टिप्न छ जना उक्त पाटनमा गएका थिए ।