• १७ वैशाख २०८२, बुधबार

नालामा शव फेला

blog

हरिप्रसाद कोइराला
उर्लाबारी, वैशाख १७ गते ।
मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलका बुधबार बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल मृत अवस्थामा नालामा फेला परेको जानकारी दिनुभयो ।

मण्डलको शव भेटिएको नाला नजिकै उहाँ चलाउँदै आएका को. २१ प. १६५६ नम्बरको मोटरसाइकल समेत फेला परेको छ । शव र मोटरसाइकल एउटै स्थानमा भेटिएको भन्दै स्थानीयले विजयलाई कसैले हत्या गरेर फालेका हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीका अनुसार मण्डलको शव सडकदेखि करिब तीन मिटर तल रहेको नालामा फेला परेको थियो । बिहान करिब सभा ६ बज तिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल पठाएको छ ।