काठमाडौँ, फागुन १९ गते । इटालीका विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन दशरथ रङ्गशालामा पुग्नुभएको छ ।
केपी ओली कप फुटबलको फाइनल हेर्न बुफोन रङ्गशाला पुग्नुभएको हो । प्रतियोगिताको फाइनलमा साँझ ६:०० बजे साविक विजेता मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।
बुफोनलाई प्रतियोगिता आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले पाहुनाको रूपमा नेपाल निम्त्याएको हो । बुफोनले रङ्गशालाको ट्रयाकमा घुमेर नेपाली समर्थकलाई हौसला प्रदान गर्नुभएको थियो ।
बुफोन आइतबार नेपाल आउनुभएको हो । इटालीलाई सन् २००६ को फिफा विश्वकप जिताउन बुफोनले महत्त्वपूर्ण भूमिका निभाउनुभएको थियो ।