• ७ मंसिर २०८१, शुक्रबार

अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ

blog

वासिङ्टन, जेठ १६ गते । अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदिराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ ।

नापा काउन्टीको ‘क्रिमिनल जस्टिस नेटवर्क’का अनुसार गिरफ्तार शनिबार रात मध्यराततिर दुई वटा अभियोगमा उहाँलाई पक्राउ गरिएको थियो ।

उहाँको रगतमा अल्कोहलको मात्रा ०.०८ प्रतिशत वा त्योभन्दा बढी रहेको र नशामा भएको समय गाडी चलाएको आरोप उहाँविरूद्ध लगाइएको छ ।

रिपोर्टअनुसार पल पेलोसीलाई पाँच हजार अमेरिकी डलर जमानतमा उहाँलाई आइतबार बिहानै रिहा गरिएका अमेरिकी टेलीभिजन सिएनएनले जनाएको छ ।

‘सभामुखले पूर्वी क्षेत्रमा रहेका समय भएको उक्त घटनालाई निजी भन्दै यस विषयमा आफूले केही प्रतिक्रिया नदिने बताउनुभएको’ सभामुख पेलोसीका प्रवक्ता ड्रु हम्मिलले बताउनुभएको छ ।

सान फ्रान्सिस्कोका ८२ वर्षीय पल पेलोसी सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गर्नुभएको थियो भने उहाँहरूका पाँच सन्तान छन् ।