तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन् ।
हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ ।
श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिनुभएको छ । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी)का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् ।
भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।
श्रीलङ्काका प्रमुख विपक्षी नेता तथा आगामी राष्ट्रपतिको निर्वाचनमा अग्रपङ्क्तिमा रहेका सजिथ प्रेमदासाले अब हुने राष्ट्रपति चुनावप्रति चिन्ता व्यक्त गर्दै वर्तमान संसद्ले बहुमत जनताको प्रतिनिधित्व नगर्ने बताएका छन् ।
श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजीनामा स्वीकृत भएको बताउनुभएको छ ।
श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे बिहीबार सिङ्गापुर प्रस्थान गर्नुभएको छ ।
बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् ।
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ । सोमबारको तुलनामा मङ्गलबार तीन हजार ६३ जना कम सङ्क्रमण पुष्टि भएको हो ।
राष्ट्रपति गोटाबाया राजापाक्षले बुधबारदेखि लागू हुने गरी पदबाट राजीनमा दिनुभएको छ । उहाँले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि (बुधबार) हुनेछ ।
हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरनु भएको छ । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उहाँ सुरक्षित स्थान तर्फ प्रस्थान गर्नुभएको डेलि मिरर दैनिकले जनाएको छ ।
भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न भीषण वर्षा हुँदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन् ।
श्रीलङ्का स्वतन्त्रताको सात दशकमा सबैभन्दा खराब वित्तीय सङ्कटसँग लडिरहेको बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गर्नुभएको छ ।
बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढिरहेका छन् ।