भारतीय राष्ट्रिय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गर्नुभएको छ । पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आउनु भएका पटेलले बुधबार पार्टीको जिम्मेबारीबाट राजीनामा दिनुभएको हो ।
भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जानुहुने भएको छ । यही मे महिनाको मध्यतिर उहाँले अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले सोमबार जनाएका छन् ।
बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिनुभएको द सन्डे टाइम्सले उल्लेख गरेको छ।
आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ । गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो ।
अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितीयासँग भेटवार्ता गर्नुभएको छ । युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्नुभएको हो ।
जापान र थाइल्याण्डले सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन् ।
श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि ‘प्रदर्शन चेतावनी’ जारी गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउनुहुने बताइएको छ ।
भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ ।
कम्बोडियाका ३ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म खोप नलगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।