• २५ पुस २०८१, बिहिबार

वायुसेवा निगममा देखिएका समस्या सुधार गर्न अध्ययन समिति गठन

blog

सभापति राजकिशोर यादव अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका निर्णयबारे जानकारी दिनुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, पुस २५ गते । नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगेश गौचन थकाली, सुनिता बराल हुनुहुन्छ ।

समितिका निर्णयहरुबारे जानकारी गराउँदै समिति सभापति राजकिशोर यादवले नेपाल वायुसेवा निगम अध्ययन समितिले एक महिनाभित्रमा प्रतिवेदन पेश गर्ने बताउनुभयो ।

क्यानको बारेमा पनि आगामी बैठकबाट उपसमिति बनाएर जाने सभापति यादवले बताउनुभयो । समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै बृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन निर्देशन दिएको छ ।

यसैगरी, विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक सङ्ग्रहालयहरुको निर्माण कार्यलाई तीव्रता दि पर्यटन प्रवर्द्धनमा जोड दिन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरुको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन, पुरातात्विक सम्पदा उत्खननको कार्यलाई नियमित, मितव्ययी र परिणाममूलक बना कार्य सम्पादनमा जोड दिन र भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुको नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरुबिच सम्झौता, समन्वय र पहलकदमी लिन पनि पर्यटन मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।

समितिले नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्या सोको प्रगति समय समयमा समितिमा पेश गर्न र राष्ट्रिय महत्त्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अति आवश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बजारीकरण योजनासहित राजनीतिक कार्ययोजना यथाशिघ्र निर्माण गरी सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले देशका विभिन्न जिल्लामा रहेका वायुसेवा निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरुको उपयोग, योजना निर्माण गरी यथाशीघ्र कार्यान्वयन गर्ने र सोको जानकारी समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।