• १० माघ २०८१, बिहिबार

उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका विरामी निको भए

blog

प्योङ्याङ, जेठ ९ गते । उत्तर कोरियामा रहेका कम्तीमा पनि ७८ प्रतिशत ज्वरोका बिरामी निको भएका यहाँको सरकारले जनाएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८ प्रतिशतभन्दा बढी निको भएका छन् ।

यहाँ अप्रिलको अन्तिमतिरबाट ठूलो सङ्ख्याका नागरिकमा ज्वरोको प्रकोप बढेको थियो । त्यस प्रकोपमा कम्तीमा पनि  २६ लाख ४० हजार नागरिक परेका थिए । उनीहरूलाई केहीलाई अस्पताल भर्ना गरिएको थियो भने केहीको घरमै उपचार भएको थियो ।शनिबार रातिसम्ममा २० लाख ६० हजार ज्वरोका बिरामी निको भएका थिए, भने अरु केहीलाई उपचार जारी रहेको बताइएको छ ।

सो समाचार समितिका अनुसार यहाँ ज्वरोको प्रकोपका कारण ६७ जनाको ज्यान गएको थियो । सुरुमा ज्वरो मात्र भनिएकामा पछि यहाँका कतिपय नागरिकमा कोरोना भाइरसको सङ्क्रमण पनि देखिएको थियो । तर उत्तर कोरियाली सरकारले कोरोनाको प्रकोप नभएर ज्वरो मात्र भएको बताएको छ ।