काठमाडौं, पुस १० गते । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।
यसैगरी, एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको मिति निर्धारण गर्नाका साथै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्नेछ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा
पार्टी सङ्गठन विस्तार र समसायिक राजनीतिक विषयमा विचारविमर्श हुने
जानकारी उहाँले दिनुभयो ।