• ८ मंसिर २०८१, शनिबार

वैकुण्ठ चतुर्दशीको दिन मुसिकोटमा सार्वजनिक बिदा

blog

मुसिकोट नगरकार्यपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, कात्तिक २९ गते । वैकुण्ठ चतुर्दशीको दिन मुसिकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । कात्तिक २९ गते वैकुण्ठ चतुर्दशीको दिन वडा नम्बर ६ को मालिका मन्दिरमा मेला लाग्ने र भलिबल प्रतियोगिता हुने भएकाले नगरप्रमुख स्तरीय बैठकबाट सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो । 

मालिका माइले बिस्तारै बोल्दा नसुन्ने र चिच्याएर वर माग्दा मागेको कुरा पूरा हुने भएकाले पनि यस दिनलाई महत्वका साथ लिइने गरेको धार्मिक मान्यता कायम रहँदै आएको छ । मालिका क्षेत्रमा मेला लाग्ने भएकाले गत वर्षदेखि सार्वजनिक बिदा दिइँदै आएको नगरपालिकाले जनाएको छ । 

२९ गते नगरपालिकासहित सबै वडा कार्यालय, स्वास्थ्य संस्था विद्यालय तथा नगरभित्रका सार्वजनिक संस्थाहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।