• २६ पुस २०८१, शुक्रबार

चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृत : अध्यक्ष प्रचण्ड

blog

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, कात्तिक १७ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालभित्र मनाइने विभिन्न चाडपर्वले जनताका बिचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्‍याउँदै आएका बताउनुभएको छ ।

दिपावली, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्तीलगायतका पर्वका अवसरमा शनिबार शुभकामना दिनुहुँदै उहाँले विविधितायुक्त सांस्कृतिक ऐक्यबद्धता नेपालीहरुको मौलिक पहिचानका रुपमा रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास मुलुकको समृद्धिका आधारका रुपमा रहेको स्पष्ट पार्नुभयो । यसवर्ष बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति ब्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सङ्कटको अवस्थाबाट सम्हालिदै सबै नेपालीहरुले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस् भनी कामना गर्नभएको छ । रासस