• १६ भदौ २०८१, आइतबार

नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण छ : मन्त्री पाण्डे

blog

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पर्यटन व्यवसायी राम प्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा सताब्दी लोकार्पण कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : मन्त्री पाण्येको सचिवालय

काठमाडौँ, भदौ १० गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

सोमबार पर्यटन व्यवसायी राम प्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताब्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘‘नेपाल एयरलाइन्स खस्किएको छ । अत्यन्तै कमजोर भएको छ । त्यसलाई सुरक्षित बनाउन सकेका छैनौँ । नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनौती छ । यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने छ ।’’

उहाँले आधा शताब्दी पुस्तकका लेखक सापकोटाले पर्यटन क्षेत्र भएको विकृति, विसङ्गतिको बारेमा समेत उल्लेख गरेको बताउँदै यश क्षेत्रको सुधारका लागि सम्बद्ध सबैले निष्ठा पूर्व लाग्नु पर्ने बताउनुभयो ।

साथै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि आफू निष्ठापूर्वक तरिकाले अघि बढ्ने समेत दृढता व्यक्त गर्नुभयो ।