• १३ असोज २०८१, आइतबार

पत्रकार चौधरीलाई पहिचान पुरस्कार

blog

जयकृष्ण यादव 

इनरुवा, साउन २८ गते । सुनसरीका पत्रकार धिरेन्द्र चौधरी पुरस्कृत हुनुभएको छ । चौधरीलाई पहिचान पुरस्कारबाट पुरस्कृत गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ कोशी प्रदेश समितिले जनाएको हो । 

महासङ्घले आफ्नो २५ औँ स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा उदयपुरगढीमा आयोजित कार्यक्रममा आदिवासी जनजातिहरूको पहिचानको पक्षमा कलद चलाएर योगदान गरेको भन्दै चौधरीलाई पहिचान पुरस्कार प्रदान गरेको हो । 

नगद दश हजार २५ रुपियाँ राशिको सो पुरस्कारबाट चौधरीसँगै अर्का पत्रकार ओखलढुङ्गाकी बिनुमाया राईलाई पुरस्कृत गरिएको महासङ्घका कोशी प्रदेश सचिव प्रदीप चौधरीले जानकारी दिनुभयो । 

महासङ्घका प्रदेश अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले आदिवासीका पहिचान, माग तथा मुद्दा, सवाल र आवाजलाई सञ्चारकर्मीहरूले उजागर गर्नुपर्ने र उनीहरूका अधिकार स्थापित गराउन कलमका माध्यमबाट अझै सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।