• २० असार २०८१, बिहिबार

ट्रिपरको ठक्करबाट मृत्यु

blog

हरि कोइराला

उर्लाबारी, असार १८ गते । मोरङको उर्लाबारी –६ की सीता बोहोराको ट्रिपरको ठक्करबाट मृत्यु भएको छ । 

सोमबार साँझ पौने ७ बजे तिर उर्लाबारी–मधुमल्ला सडकमा प्रदेश ३–००१ क १०९० नम्बरको  ट्रिपरले ठक्कर दिँदा प्रदेश १ –०१०१४प ६८३३ नम्बरको स्कुटरमा सवार बोहोराको घटनास्थलमै मृत्यु भएको हो । स्कुटरमा सवारमा सीतासँगै रहेका उनका छोरा ८ वर्षीय प्रशान्त गम्भीर घाइते भएका छन् । उनको स्थानीय मदन भण्डारी ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

प्रहरीले दुर्घटना गराउने ट्रिपरलाई नियन्त्रणमा लिएको छ ।