• १९ असार २०८१, बुधबार

पहिरोले पाँच घर विस्थापित

blog

पहिरोले जोखिममा परेको एक स्थानीय घर ।

शेरबहादुर राई

ओखलढुङ्गा, असार १७ गते । अबिरल बर्षाका कारण गएको पहिरोमा परी मोलुङ गाउँपालिका –७ जेसे गौरीडाँडाका पाँच घरपरिवार विस्थापित भएका छन् । सोही ठाउँको २३ घर जोखिममा परेका छन् । 

पहिरोका कारण स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भइ विस्थापित हुनुभएको हो । उहाँहरुको परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो । 

सोही पहिरोका कारण सोही ठाउँमा २३ घर जोखिममा परेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । पहिरोले अम्बरबहादुर पहरीको एउटा पाडो हराएको छ भने एउटा भैसी घाइते भएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो । उहाँका अनुसार तेजबहादुर सुनुवारको हलगोरु पहिरोमा परी मरेका छन् । 

पहिरोका कारण सोही वडाको रतनेमा पनि क्षति भएको छ । घरहरु जोखिममा परेका छन् । पहिरोको जोखिममा परेका घर परिवारलाई स्थान्तरण गर्ने काम भइरहेको वडा अध्यक्ष सुनुवारको भनाइ छ । पहिरोले स्थानीय भुलभुले खोलाको पेल्टीसेटमा समेत क्षति गरेको छ । पहिरोले स्थानीयको घरपालुवा पशु चौपाया र अन्न लगायतमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।