• १२ साउन २०८१, शनिबार

गर्मी बढेपछि विद्यालय बन्द

blog

बाबुराम देवकोटा

सिन्धुलीमाढी, जेठ ३१ गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विगत केही दिनदेखि बढेको गर्मीले पठनपाठन प्रभावित भएको भन्दै बिहीबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको हो ।

कमलामाई नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै अत्यधिक गर्मीले जनजीवन प्रभावित भई बालबालिका घरबाट विद्यालयसम्म आउन कठिनाइ भएकाले जेठ ३१ गतेदेखि असार ५ गते बुधबारसम्म एक साताका लागि गर्मी बिदा दिएको जनाएको छ ।

उक्त निर्णयसँगै पालिकाभित्रका ८४ वटा सामुदायिक विद्यालय र २४ वटा संस्थागत विद्यालय बन्द भएको र उक्त गर्मी बिदा वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको कार्यवाहक नगर प्रमुख मञ्जु देवकोटाले जानकारी दिनुभयो ।