• १३ साउन २०८१, आइतबार

श्रमिक दिवसलाई संघर्षको रुपमा मनाउनुपर्छ : नेता पोखरेल

blog

कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीराजमणी पोखरेल । तस्विरः भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), बैशाख १९ गते । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणी पोख्रेलले श्रमिक दिवसलाई एकता र संघर्षको रुपमा मनाउनुपर्ने बताउनुभएको छ । 

बुधबार १३५ औँ मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

मजदुरको पक्षमा बनाइएका कानुनहरु नेपालमा सही हिसावले कार्यान्वयन हुन नसकेको भन्दै उहाँले भन्नुभयो, ‘मजदूरको श्रम विरोधीलाई क्रियाशील बनाइएको छ । तर, मजदुरका पक्षमा भएका कामलाई कमजोर बनाइएको छ ।’ 

अनौपचारिक क्षेत्रका श्रमिकलाई संगठित गर्ने काम अझै व्यवहारिक रुपले अघि बढ्न नसकेको बताउँदै उहाँले औधागिक नीति ठिक ढंगले कार्यान्वयन गरेर जानुपर्ने बताउनुभयो । जसलेगर्दा कारखानामा काम गर्ने श्रमिकलाई राम्रो वातावरण होस् । यसका लागि सरोकारवालालाई दवाद दिन दिवसलाई संघर्षको रुपमा लिनुपर्ने उहाँको भनाइ छ ।

श्रमिकहरु कारखानाभित्र ६ महिना पनि टिक्न नसक्ने अवस्था भएकाले मजदुर विकसित हुन समयअनुसारको प्रविधिको जानकार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘श्रमिकले मेसिन चलाउन जान्नै पर्ने हुन्छ, जानेन भने उसले रोजगारी पाउन सक्दैन । मेसिन चलाउन जान्ने भएकाले मजदुर बैज्ञानिक चेतयुक्त हुन्छन् ।’