• २४ वैशाख २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड र अमिर शेखबिचको भेटवार्ता सम्पन्न

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भएको भेटवार्ता । तस्विरः प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो । 

नेपालको राजकीय भ्रमणका लागि प्रतिनिधिमण्डलसहित मङ्गलबार काठमाडौँ आइपुग्नुभएका कतारी अमिर शेखले आएकै दिन साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटवार्तामा दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा केन्द्रित भएको आचार्यले बताउनुभयो । 


आज दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएका शेखको स्वागतमा आज दिउँसो प्रधानमन्त्री प्रचण्डले द्वारिकाज होटलमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । कतारी अमिर शेख आज स्वदेश प्रस्थान गर्ने तालिका छ।