• २१ वैशाख २०८१, शुक्रबार

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

blog

काठमाडौं, वैशाख ८ गते । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद बैठक सुरु भएको छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको हो ।

बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो ।

यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गर्नुहुनेछ । बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना प्रतिनिधिहरु सहभागी भएको एमालेले जनाएको छ ।