• १६ वैशाख २०८१, आइतबार

खेलाडी सङ्घ र स्पोर्ट्स युनिर्भसबिच सम्झौता

blog

सम्झौता पत्र आदान प्रदान गरिँदै ।

काठमाडौँ, चैत ८ गते । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ र स्पोर्ट्स युनिर्भसबिच खेलाडीलाई खेल सामाग्री र पोसाक दिने विषयमा सम्झौता भएको छ ।

सङ्घका अध्यक्ष दीपक श्रेष्ठ र स्पोर्ट्स युनिभर्सका निर्देशक किशोरकुमार जोशीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । स्पोर्ट्स युनिभर्सले आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको १०औँ वार्षिकोत्सवको अवसरमा खेलाडीलाई सामान खरिदका लागि २० प्रतिशत छुट दिने निर्णय समेत गरेको छ ।

सम्झौता २०८१ वैशाख १ गतेबाट सुरु हुने पनि बताइएको छ । साथै सम्झौतामा खेलाडी सङ्घले यही चैत १२ गते १८औँ एनएनआइपिए स्पोर्ट्स अवार्डका विजेता खेलाडी र खेल व्यक्तित्वलाई स्पोर्ट्स युनिभर्सले गिफ्ट ह्याम्पर प्रदान गर्ने पनि उल्लेख छ ।