• २१ वैशाख २०८१, शुक्रबार

सिटी एफए कपको सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै सिटी र न्युक्यासलका खेलाडी । तस्बिर : बीबीसी

काठमाडौँ, चैत ४ गते । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा अर्को प्रिमियर लिग टोली न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै सिटीले सेमिफाइनलमा स्थान बनाएको हो । 

सिटीको जितमा दुवै गोल पोर्चुगलका खेलाडी बर्नाडो सिल्भाले गर्नुभयो । उहाँले १३औँ र ३१औँ मिनेटमा गोल गर्नुभयो । दोस्रो हाफमा सिटीलाई कडा टक्कर दिए पनि गोल फर्काउन सकेन । यस्तै अर्को खेलमा च्याम्पियनसिप क्लब कोभेन्ट्री सिटीले वल्भ्सलाई ३–२ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

कोभेन्ट्री ले खेलको अन्तिममा लगातार दुई गोल गर्दै जित निकालेको हो । कोभेन्ट्रीको जितमा इलिस सिम्सले दुई तथा हाजी राइटले एक गोल गर्नुभयो । वल्भ्सका रायन एइट नोउरी र ह्युगो बुएनोले गोल गर्नुभयो । एजेन्सी