• १७ वैशाख २०८१, सोमबार

महिला सशक्तीकरणका लागि चीनले विशेष भूमिका खेल्ने

blog

संयुक्त राष्ट्रसङ्घ, चैत ३ गते । महिला र युवालाई सशक्त बनाउने संयुक्त राष्ट्र सङ्घको प्रयासमा चीनको सहयोग रहिरहने चिनियाँ अधिकारीले जनाएका छन् ।

मार्च २२ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा समापन हुने संयुक्त राष्ट्रसङ्घीय महिला आयोगको ६८ औँ सत्रमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको बालबालिका र महिलासम्बन्धी राष्ट्रिय समितिको उप प्रमुख हुआङ जियाओवीले उक्त कुरा बताउनुभएको हो । 

राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा द्वन्द्व रोकथाम प्रवर्द्धन–महिला  युवासहित अभिनेता सशक्तीकरण खुला बहसमा अशान्त अन्तर्राष्ट्रिय अवस्थामा महिला तथा युवाको सशक्तीकरणको महत्त्व रहेको उहाँले जोड दिनुभयो ।

बदलिँदो संसारमा राम्रो प्रतिक्रिया जनाउन तथा शान्ति र विकासलाई अगाडि बढाउन उनीहरूको ज्ञान र सम्भावना प्रयोग गर्नसमेत आग्रह गर्नुभएको छ ।

चीनले महिला तथा युवाहरूको आर्थिक सशक्तीकरण क्षमता निर्माणलाई समर्थन गर्ने उनीहरूको शिक्षा र रोजगारीका अवसरहरू सुनिश्चित गरी विकासलाई बढवा दिई स्थायी शान्ति प्राप्त गर्न ठोस आधार तयार गर्न मद्दत गर्ने कुरामा उहाँले जोड दिनुभयो ।

चीन सधैँ महिला र युवाहरूको सशक्तीकरण र विकासका लागि दृढ र सक्रिय अभ्यासकर्ता रहेको उल्लेख गर्दै हुआङले कानुन, नीति र नयाँ नयाँ उपाय अपनाएर महिलालाई आर्थिक र सामाजिक विकासको फाइदा बाँड्ने सुनिश्चितताका लागि चीन प्रतिबद्ध रहेको बताउनुभयो ।

चीनले चार  करोड ४० लाखभन्दा बढी चिनियाँ ग्रामीण महिलालाई चरम गरिबीबाट मुक्त गरेको बताउँदै चिनियाँ जनशक्तिमा ४० प्रतिशतभन्दा बढी, प्राविधिक कामदार ४५.८  प्रतिशत र डिजिटल व्यापार र लाइभ स्ट्रिमिङजस्ता नयाँ व्यापार मोडल सञ्चालन गर्नेमध्ये एक तिहाइ महिला जनशक्ति रहेको उहाँले बताउनुभयो ।

ह्वाङगले चीनले युवाहरूको प्रगतिलाई ठुलो महत्त्व दिइएको बताउँदै उनीहरूको समग्र विकासमा समर्पित राष्ट्रिय योजनाहरू लागू र कार्यान्वयन गरेको तथा शिक्षा र रोजगारीका सम्बन्धमा २४० भन्दा बढी युवा समर्थक नीतिहरू रहेको बताउनुभएको छ । 

राष्ट्रव्यापीरूपमा  १८७ भन्दा बढी चिनियाँ सहरहरूले युवाहरूद्वारा सञ्चालित सहरी विकासको अन्वेषण गर्न पहल गरेका छन् । वैज्ञानिक र प्राविधिक नवप्रवर्तन, ग्रामीण पुनः उत्थान तथा अन्तर्राष्ट्रिय सहयोगका लागि अधिक युवाहरू अग्रणी शक्ति बनिरहेका उहाँले बताउनुभयो । रासस/सिन्ह्वा