ज्येष्ठ नागरिक कोषलाई पैसाकै अभाव
समाज कल्याण परिषद् मातहत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले पैसाको अभाव झेल्दै आएको छ । ज्येष्ठ नागरिकको अवस्थाबारे नीतिगत सुझाव दिने उद्देश्यले २०७२ सालमा कोष स्थापना गरिए पनि बजेट अभावका कारण पर्याप्त काम गर्न नसकेको हो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति वसन्तराज कार्कीले कोषसँग भएको ४६ लाख रुपियाँ मुद्दती खातामा राखेर खुद्रा मसिना काम गरे पनि प्रभावकारी काम हुन नसकेको स्वीकार गर्नुभयो । “कर्णाली प्रदेश र दलित समुदायले ६० वर्षमा वृद्धभत्ता पाउँछन् । अरू समुदायले ६८ वर्षमा भत्ता पाउने व्यवस्था छ । कुल ३० लाख वृद्धवृद्धाबारे नीतिगत सुझाव दिन कोष स्थापना भयो,” उहाँले भन्नुभयो, “जनशक्तिदेखि प्रायाप्त बजेट नहुँदा देशभरका जेष्ठ नागरिकको अवस्था बुझ्ने र राज्यलाई नीतिगत सुझाव दिन सकिएन ।”
असी देशका आरोही हिमालमा
नेपालका ३० वटा हिमाल आरोहणका लागि जारी सिजनमा ९११ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ८० देशका नागरिक छन् । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस याममा हुने हिमाल आरोहणका लागि गत चैत १४ गतेदखि अनुमति दिन सुरु गरेयता ९११ ले अनुमति लिएका हुन् । उहाँले भन्नुभयो, “अहिले विभिन्न हिमालमा जारी आरोहणका लागि अनुमति दिने क्रम करिब–करिब सकिएको छ । मे २९ तारिखसम्म सगरमाथाको अन्तिम आरोहण हुने मिति नजिकिएसँगै अब अनुमतिको प्रक्रियामा आउने आरोही घटेका छन् ।”
विश्वासको मत लिने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबारसम्म सदनको अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख प्रतिपक्षी दल र सत्ता समीकरणमा रहेका दलबिच निरन्तर छलफल र संवाद भइरहेको छ । भोलिसम्म सदनको अवरोध हट्ने छ ।”
संसदीय छानबिन गर्ने सहमति, आजैदेखि संसद् सुचारु हुने
सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबिच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताको संयुक्त बैठकमा सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने समझदारी भएको हो । यससँगै कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर अवरुद्ध गरिरहेको संसद् आइतबारदेखि सुचारु हुने भएको छ । बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, “संसदीय छानबिन समिति बनाउने सहमति भयो । समितिको कार्यादेश कस्तो हुने भन्ने विषयमा साथीहरूले काम गर्ने र चारै दलका प्रतिनिधि बसेर कार्यादेशमा काम गर्ने समझदारी भएको छ ।”
तराईमा लटरम्म स्याउ
कैलालीमा प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । गर्मीका कारण खेतबारीमा रोपिएका कतिपय बोटबिरुवा सुकेका छन् तर लम्कीचुहा–९, प्रतापपुरका गोकर्ण ओलीको बारीमा भने स्याउ लटरम्म फलेको छ । गत फागुनदेखि फुल्न थालेको स्याउ खानका लागि असारसम्म तयार हुने अपेक्षा गरिएको छ । हिमालमा फल्ने स्याउ तराईमै फल्न थालेपछि गोकर्णको बारीमा सर्वसाधारणको आउजाउ बढेको छ ।
समृद्धिका लागि एमाले नै चाहिन्छ : उपमहासचिव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र बिकासका लागि एमाले बाहेक अरु कसैले पनि नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।
अफगानिस्तानमा बाढीले ५० जनाको मृत्यु
पश्चिमी अफगानिस्तानमा आकस्मिक आएको बाढीले कम्तीमा ५० जनाको ज्यान गएको प्रान्तीय प्रहरीले जनाएको छ । “शुक्रबार बाढीका कारण घोर प्रान्तका ५० जना बासिन्दाको मृत्यु भएको छ भने अन्य धेरैजना बेपत्ता रहेका छन्” घोर प्रहरी प्रवक्ता अब्दुल रहमान बाद्रीले शनिबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी गराउनुभयो ।
बागमती प्रदेश सभा : चार समितिको सभापति निर्विरोध
बागमती प्रदेश सभा अन्तर्गत रहेका पाँच वटा विषयगत समितिमध्ये चार वटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
सहकारी प्रकरणमा संसदीय समिति बनाउने शीर्ष नेताविच सहमति
शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको हो।