सम्झनलायक जितसहित नेपाल फाइनलमा
रातो कार्ड, एक गोलले पछाडि, प्रीति राईको गोल अमान्य र तनावले करिब एक घण्टाको खेल रोकिनु जस्ता प्रतिकूल परिस्थितिलाई चिर्दै नेपालले आइतबार परम्परागत प्रतिद्वन्द्वी भारतलाई टाइब्रेकरमा ४–२ ले हराएर साफ महिला फुटबल च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाएको छ ।
घरआँगनमै पुग्छन् फूल व्यापारी
बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याई ।
आधारभूत औषधी कम मूल्यमा उपलब्ध गराउन सरकार तयार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधी कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभएको छ ।
थाई एयर एसियाको उडान निलम्बित
उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।
कालीगण्डकीमा पक्की पुल निर्माण सम्पन्न
कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ ।
एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ
गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसीयाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे ।
रानीवनबाट पेस्तोलसहित एक युवा पक्राउ
पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौँको रानीवनबाट पक्राउ परेका छन् ।
जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ : नेता निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेश प्रदेश सरकारको मधेश–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।
पृथ्वी राजमार्ग विस्तारः दमौली बजारमा छ लेनको बनाउने काम सुरु
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा छ लेनको सडक बनाउने कार्य सुरु भएको छ । सडक मापदण्डभित्र रहेका घरटहरा भत्काएपछि तदारुकताका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।
उसुको विश्वकपमा नेपालका विजयलाई कांस्य पदक
जापानमा जारी उसुको तेस्रो थाउलो विश्वकप–२०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक प्राप्त भएको छ ।
भारतीय पर्यटकको रोजाइमा कन्याम र अन्तु
मनसुन सक्किएर वर्षा कम भएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् । इलामको कन्याम, अन्तु हुँदै इलाम भएर पर्यटकीयस्थल सन्दकपुरसम्म जाने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।
मादल बेच्ने चटारो, संरक्षण गर्न व्यवसायीको माग
देउसीमा मादलको धुनमा नाचगान र रमाइलो गरेको पल याद आउँछ । अब यस वर्षको तिहार सुरु हुन केही दिन मात्रै बाँकी छ । त्यसैले पनि अहिले काठमाडौँमा मादल किन्नेहरुको भिड छ ।
‘ट्रम्पले जित्ने आशामा नेतन्याहू’
अमेरिकी राष्ट्रपति को चुनाव नजिकिंदै गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने आशा गर्नुभएको उहाँका अभिव्यक्तिले पुष्टि गरेका छन् ।
पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’
चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ ।
रविको इजलासमा दुर्व्यवहार भएको भनाइप्रति प्रहरीको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेको लगायत आरोपप्रति जिल्ला प्रहरी कार्यालय, कास्कीले आपत्ति जनाएको छ ।
२७ हजारभन्दा बढीमा डेंगु पुष्टि
डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार चार दिनमा पाँच हजार नयाँ डेंगु सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रयास गर्छाैं : स्वास्थ्यमन्त्री पाठक
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै योजना अघि बढाएको बताउनुभएको छ ।
लामिडाँडा केन्द्र भएर भूकम्प
दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्यूडकाे भूकम्प गएको छ ।
अर्थतन्त्र चलायमान हुँदै गएकाे छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताउनुभएको छ । नयाँ सरकार बनेर सय दिन पूरा गरेको समीक्षा गर्दै अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता र राजनीतिक स्थिरतासँगै देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको बताउनुभएको हो ।
उपनिर्वाचनको तयारीमा दलहरू
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दैलेख जिल्लामा रहेका राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।
सेवा प्रवाहमा असर
सरकारी सेवा प्रवाह गर्ने कर्मचारीतन्त्रलाई स्थायी सरकार मानिन्छ ।
युवा पलायन न्यून गर्ने सूत्र
आर्थिक अवसर बढी हुने ठाउँमा मानिसको आकर्षण बढ्दो छ ।
चुरे संरक्षणको चिन्ता
नेपालको चुरे क्षेत्र, प्राकृतिक सौन्दर्यको प्रतीक हो ।
सामाजिक सञ्जाल : स्वच्छन्द तर घातक
कर्म नगरी फल प्राप्ति भएसम्म मानिसले कर्म गर्दैन ।