एनपिएलः पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य
आडम रोसिङ्टन र जिमी निसमको अर्धशतकीय इनिङ्ससँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जितका लागि लुम्बिनी लायन्सलाई एकसय ५१ रनको लक्ष्य दिएको छ।
रामपुरमा क्लब स्तरीय भलिबल प्रतियोगिता हुँदै
जिल्लाको रामपुरमा क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो भम्बक युनाइटेड कपअन्तर्गत मङ्सिर १६ देखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालले पायो ५२ रनको लक्ष्य
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ ।
एनपिएलः लुम्बिनीले टस जित्यो, पोखरा ब्याटिङ गर्दै
त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ ।
विश्वमा चिनिँदै नेपाल
अन्तर्राष्ट्रिय खेलकुदमा चामत्कारिक प्रदर्शन गरेर नेपालको नाम राख्नेमा क्रिकेट सबभन्दा अगाडि छ । पुरुष होस् या महिला क्रिकेट नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा वाहवाही नै कमाएको छ । नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमले चुपचाप, होहल्लाबिना दृष्टिविहीन टी–२० क्रिकेटमा उपविजेता बनेर क्रिकेटकै सबभन्दा ठुलो गौरव हासिल ग¥यो । नेपाली क्रिकेटलाई विश्वमा चिनाउनेमा अब नेपालको दृष्टिविहीन महिला क्रिकेट टिम
एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै
संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।
एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार पनि दुई खेल हुँदैछ ।
डोजो खेलाडी सम्मानित
नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ।
सनसनीपूर्ण खेलमा कर्णालीविरुद्ध विराटनगर तीन विकेटले विजयी
नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ । बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो ।
कर्णालीले विराटनगरलाई दियो १६१ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध १६१ रनको चुनौती दिएको छ ।
एनपिएलः विराटनगरविरुद्ध ब्याटिङ गर्दै कर्णाली याक्स
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
एनपिएल : काठमाण्डु ५३ रनले विजयी
टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो ।
गोल्डकप विजेतालाई अलैँची पुरस्कार
दोस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो ।
एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।
एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ ।
एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दैछन् ।
तेस्रो संस्करणको ‘मेयर कप’ फुटबलको ट्रफी अनावरण
बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म बाङेचौर खेल मैदानमा हुने तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
एसिसी यु–१९ प्रिमियर कप : नेपाल सेमिफाइनलमा
नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई एक सय १९ रनले हरायो ।
एनपिएल : जनकपुरलाई हराउँदै पोखराको पहिलो जित
जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३० रनमा समेटियो ।
क्रिकेटमार्फत आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ। एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन्।
एनपिएल : पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनायो ।
एनपिएल : सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हरायो । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोली समेत बनेको छ ।
विश्व कराते च्याम्पियनसिपमा सानुमाया पराजित
एकल कातामा नेपालको प्रतिनिधित्व गर्नुभएकी सानुमायाले तीनवटै खेलमा हार खेप्नुभयो ।
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको मध्यम लक्ष्य
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले १९.४ ओभरमा ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनायो ।