राखेपद्वारा नवौँ खेलकुदको पुरस्कार वितरण
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार बापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपियाँ सम्बन्धित खेलाडीको खातामा पठाएको छ ।
नेपालका अभिषेक टेनिस विश्व वरियतामा
अमेरिकामा बसेर व्यावसायिक रूपमा टेनिस खेल्दै आएका अभिषेक बाँस्तोला वर्ल्ड टेनिस फेडेरेसन (आइटिएफ) वरीयताको एक हजार ९३०औँ स्थानमा पर्नुभएको छ ।
एट्लेटिको ला लिगाको दोस्रो स्थानमा उक्लियो
एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । छरेलु मैदानमा बुधबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई ५-१ गोलले हरायो ।
वेस्ट हामलाई हराउँदै सिटी शीर्षस्थानमा
साबिक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
६ जना क्रिकेटरलाई नेपाल प्रहरीको सम्मान
नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधत्व गर्ने नेपाल प्रहरीका ६ जनालाई सम्मान गरेको छ।
चर्च ब्वाइज र हिमालयन शेर्पाको रोमाञ्चक जित
चर्च ब्वाइज र हिमालयन शेर्पा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक जित निकालेका छन् ।
भूपेन्द्र जर्मनीका गोक्दुमानसँग पराजित
नेपालका बक्सर भूपेन्द्र थापा आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा जर्मनीका गोक्दुमान देवरामसँग पराजित हुनुभएको छ ।
करोडौँ रुपियाँ खर्चेर बनाएका रङ्गशाला प्रयोगविहीन
नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ ।
चेल्सीमाथि आर्सनलको सानदार जित
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको आर्सनलले चेल्सीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ गोलले हरायो ।
बार्सिलोना उपाधि नजिक
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा शीर्षस्थानको बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनालाई १–० गोलले हरायो ।
यात्रा एसिया कप : प्रतिस्पर्धा भारत र पाकिस्तानसँग
नेपाली क्रिकेटले अर्को ठूलो फड्को पार गरेको छ। एसीसी प्रिमियर कपको उपाधि मङ्गलबार जितेपछि नेपाल एसिया कपका लागि चयन भएको छ। यससँगै आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा अब नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
जावलाखेललाई पुलिसको झट्का
शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको जावलाखेल युथ क्लबलाई विभागीय टोली नेपाल पुलिस क्लबको नमिठो झट्का लागेको छ ।
नेपाली खेलाडीको प्रदर्शनमा खुशी छुः मोन्टी देशाई
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले नेपाल एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताउनुभएको छ।
क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटको विजेता नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ।राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै बधाई दिएको हो।
प्रधान सेनापति टेनिस हुने
दोस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख २८ देखि जेठ ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
सन्दीप प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी
स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ दि सिरिज’ चुनिनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली टोलीलाई बधाई ज्ञापन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
युएईलाई हराउँदै नेपाल च्याम्पियन
गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
लेस्टर र एभर्टनको बराबरी
लेस्टर सिटी र एभर्टनले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले एभर्टनसँग २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
नेपाललाई युएईको एक सय १८ रनको सामान्य लक्ष्य
एसीसी प्रिमियर कपको फाइनलमा नेपाललाई जितका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले एक सय १८ रनको सामान्य लक्ष्य दिएको छ ।
वैशाख २२ गतेबाट रारा गोल्डकप
आउँदो वैशाख २२ गतेबाट अग्नि वसुन्धरा स्मृति १० औँ गोर्खा स्ट्रङ रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।
एसियाडका लागि बक्सिङको प्रारम्भिक छनोट सुरु
चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुद (एसियाड)का लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
नेपाल र युएईको खेल रोकियो
एसीसी प्रिमियर कपको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच सोमबारको फाइल खेल वर्षाका कारण रोकिएको छ ।
अभिषेक र अभिलाषालाई टेनिस उपाधि
अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौँ सिटिजन्स बैङ्क खुला टेनिस प्रतियोगिताको उपाधि जित्नुभएको छ ।