नेप्से परिसूचक ११.५६ अङ्कले वृद्धि
दुई दिन लगातार रुपमा गिरावट आएको नेप्से परिसूचक वृद्धि भएको छ । बिहीवार नेप्से परिसूचक ११.५६ अङ्क बढेर १९३३.५५ बिन्दुमा पुगेको छ ।
नेप्से ७.१३ अङ्कले गिरावट
चुनावपछि खुलेको शेयर बजार मापक नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ ।
शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने
धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ ।
नेप्से परिसूचक २५.५७ अङ्कले वृद्धि
काठमाडौं, मङ्सिर १ गते। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक २५.५७ अङ्कले बढेर १९३६.८३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.८० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अङ्कले बढेको छ। बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख रुपियाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार भएको छ। नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, लगानी, विकास बैंक, अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र सयपत्री हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, फरवार्ड माइक्रोफाइनान्सको शेयर मूल्य २.९७ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
नेप्से परिसूचक ६.५९ अङ्कले गिरावट
मंगलबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ।सोमबार २१.२९ अङ्क बढेको नेप्से परिसूचक मंगलबार ६.५९ अङ्कले घटेर १८९७.८६ बिन्दुमा झरेको हो।
नेप्से परिसूचक २१.२६ अङ्कले वृद्धि
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक २१.२६ अङ्क बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचक १०.५४ अङ्कले गिरावट
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.५४ अङ्क घटेर १८८३.१६ बिन्दुमा झरेको हो ।
३६ कम्पनीको १५ अर्ब बराबरको आइपिओ पाइपलाइनमा
शेयर बजार उतारचढावपूर्ण अवस्थामा छ । बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहौल चरम विन्दुमा पुगेको छ भने धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।