सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवं विश्वासनीय बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले सहज सेवा प्रवाहका निम्ति सूचना प्रविधि अत्यावश्यक भएको बताउनुभएको छ ।
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष मङ्गलबार क्यानबेरामा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
सङ्घीयता सुदृढीकरण र समावेशिताका लागि संविधान संशोधनमा सहयोग गर्छौं : राजकिशोर यादव
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न बनाउन, राज्यलाई थप समावेशी तुल्याउन र आर्थिक समृद्धिका लागि सम्भावित क्षेत्र पहिचान गरी चाल्नुपर्ने कदमका कोणबाट आफूहरुले संविधान संशोधन चाहेको बताउनुभएको छ ।
विदेशबाट पनि श्रम स्वीकृति
विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
रविविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई चितवनमा सङ्गठित अपराधको मुद्दाबाट उन्मुक्ति दिँदै सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ ।
प्रेस चौतारी काभ्रेपलान्चोकको अध्यक्षमा तिमल्सिना
प्रेस चौतारी नेपाल काभ्रेपलान्चोक शाखाको आठौं अधिवेशनबाट गोरखापत्रकर्मी केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
आगामी तीन दिन काठमाडौं उपत्यकामा वर्षा नहुने
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौं उपत्यकामा वर्षा नहुने बताएको छ ।
लगानी प्रतिबद्धता उच्च, भित्रिने रकम न्यून
नेपालमा लगानी गर्ने भनेर वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आए पनि सो अनुपातमा रकम भित्रिन नसकेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा झन्डै २६ अर्ब लगानी प्रतिबद्धता आए पनि साढे छ अर्ब रुपियाँ मात्र भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । प्रतिबद्धता अनुसार भित्रिएको रकम न्यून रहेको छ ।
वीरलाई ‘रिजनल फार्माकोभिजिलेन्स सेन्टर’ को मान्यता
वीर अस्पतालले ‘रिजनल फार्माकोभिजिलेन्स सेन्टर’ को मान्यता पाएको छ । औषधी व्यवस्था विभागले सो अस्पताललाई ‘रिजनल फार्माकोभिजिलेन्स’ (औषधीको असर तथा गुणस्तरबारे रिपोर्ट गर्ने) सेन्टरको मान्यता दिएको हो ।
अवधि बढाउन सांसदको असहमति
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विधेयकको प्रस्तावित व्यवस्थालाई संशोधन गरेर वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न १५ वर्षको अनुभव भए पुग्ने व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।
गोरखापत्र संस्थान र नागरिक लगानी कोषबिच सहकार्य
गोरखापत्र संस्थान र नागरिक लगानी कोषबिच आपसी सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उहाँकी श्रीमती डचेस सोफी नेपाल भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ ।
नेप्से परिसूचक १४.०८ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ ।
नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र
नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ ।
'मिनी पीसीएनएल' प्रविधिकाे २० वर्ष
नेपालमा मिनी परक्युटेनियस नेफ्रोलिथोटोमी (पीसीएनएल) प्रविधि भित्रिएको २० वर्ष पुगेको छ ।
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो
टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरूको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ ।
महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियान : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताउनुभएको छ ।
निरोगी नेपाल बनाउन व्यापक प्रयास गर्नेछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरू गरिरहेको बताउनुभएको छ । मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
एचपिभी खोप लगाएका छात्रासँग प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान शुभारम्भका क्रममा खोप लगाएका छात्राको साथमा ।
पाँच दिनसम्म पनि नियन्त्रणमा आएन डढेलो, २० घर उच्च जोखिममा
भोटेकोशी गाउँपालिका–२ लिपिङ माथि रहेको गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत जङ्गलको डढेलो पाँच दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’
भारतलगायत एसियाका देशमा मौरीको घारमा ठुलो समस्याका रूपमा देखापरेको ‘ट्रोपिलाप्सिस माइट’ नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखापरेको छ ।
प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्नुभएको छ।
एचपिभीविरुद्धको खोप अभियान सुरु, खोप ढुक्कसँग लगाउन चिकित्सकको सुझाव
सरकारले आजबाट पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने छ ।