चितवनमा हैजाको जोखिम
सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् ।
हट्यो खानेपानी समस्या
खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाले दोलखाको दुई पालिकामा करिब दुई हजार धारा निर्माण गरिदिएपछि पानीको समस्या बेहोर्दै आएका स्थानीयवासीले घरआँगनमै पानी प्रयोग गर्न पाएका छन् ।
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते
चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कर्मचारी अभावमा सेवा प्रभावित
जिल्ला प्रशासन कार्यालय दोलखामा कर्मचारी अभाव हुँदा सेवाग्राहीले समयमा सेवा पाउन सकेका छैनन् ।कार्यालयका प्रमुख पाँच फाँटमा काम गर्ने नायब सुब्बा नहुँदा सेवा प्रदानमा सहज बनेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् ।
कित्ताकाट रोक्का कायमै : हेटौँडा उमनपाको बजेट पारित
हेटौँडा उपमहानगरपालिका क्षेत्रको खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ता काटमा रोक लगाएको छ । रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्यलाई कायमै राख्ने सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले निर्णय गरेको हो ।
विजुली वा ग्याँस उत्पादनभन्दा फोहोरबाट कम्पोष्ट मल बनाउँदा फाइदा : प्रमुख शाह
काठमाडौं महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान सशोधन भएको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मंगलबार बसेको कार्यपालिकाको पाँचौं बैठकले निजी घर हुने र अपार्टमेन्टमा बस्नेको घरजग्गा तथा सम्पत्ति करमा समानता ल्याउने व्यवस्थासहित चार बुँदे संशोधन गरिएको हो ।
बागमती सबैभन्दा प्रतिस्पर्धी
प्रदेश सरकारमध्ये बागमती प्रदेश सबैभन्दा धेरै प्रतिस्पर्धी देखिएको छ । सङ्घीयता कार्यान्वयन पछि नेपालको आन्तरिक प्रतिस्पर्धात्मक क्षमता सम्बन्धमा गरिएको एक अध्ययन प्रतिवेदनले बागमती सबै सूचकमा अब्बल पाइएको हो । नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले मङ्गलबार सार्वजनिक गरेको ‘नेपाल कम्पिटेटिभनेस इन्डेक्स २०२२’ ले बृहत् आर्थिक स्थायित्व, सरकार र संस्थागत व्यवस्था, वित्तीय व्यवसाय र जनशक्ति अवस्था, जीवनको गुणस्तर तथा पूर्वाधार विकासजस्ता सूचकमा बागमती प्रदेश सबैभन्दा अगाडि देखाएको हो । एसिया कम्पिटेटिभनेस इन्स्टिच्युटको सहकार्यमा यो पहिलो पटक तयार गरिएको प्रतिवेदन हो ।
अस्पताल भवन निर्माण सुस्त
रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ श-याको अस्पताल निर्माणको काम अहिले बन्द छ । यो अस्पतालको आगामी मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने म्यादसहित गत वर्ष भदौ १० गते शिलान्यास गरिएको थियो । तर, शिलान्यास भएको १० महिना कटिसक्दा पनि अस्पताल निर्माणको २० प्रतिशत पनि काम सम्पन्न भएको छैन । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (भवन) रामेछापमार्फत नौ करोड, ३२ लाख, ५० हजार ९८६ रुपियाँको लागतमा निर्माण गर्ने गरी गत वर्ष जेठ ३० गते गाल्वा-लालशुभ मेन्द्रो जेभी काठमाडौँसँग निर्माण सम्झौता भएको थियो ।